काठमाडौं । पारा राष्ट्रिय खेलकुदअन्तर्गत बहिरा बुद्धिचाल प्रतियोगिताको पुरुषमा उत्तम महर्जन र महिलामा आस्था राईले जित्नुभएको छ । पाँच चरणमा भएको खेलमा उत्तम र आस्थाले पाँच/पाँच अंक जोड्नुभयो ।
राष्ट्रिय बहिरा खेलकुद कमिटीको तत्वावधानमा त्रिपुरेश्वरस्थित आयोजक राखेपको सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा झमकप्रसाद गौतम दोस्रो तथा श्याम तामाङ तेस्रो हुनुभयो । महिलामा नेहा श्रेष्ठ दोस्रो तथा सुनिता नेपाल तेस्रो स्थानमा रहनुभयो । पुरुषमा १३ र महिलामा १२ खेलाडी सहभागी थिए ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :