अष्ट्रेलियाका प्रधानमन्त्री मोसिनद्वारा पराजय स्वीकार

Read Time = 1 min

सिडनी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शनिबार भएको चुनावमा पराजय स्वीकार गर्नुभएको छ । प्रारम्भिक रुझानले प्रधानमन्त्री मोरिसनको लिबरल-नेसनल गठबन्धनले चुनावमा हार्ने देखाइरहेका बेला प्रधानमन्त्रीले पराजय स्वीकार गर्नुभएको हो । ‘आज राति मैले विपक्षी नेता र आगामी प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग कुरा गरेको छु । मैले उहाँलाई चुनावी जितको लागि बधाई दिएको छु’, मोरिसनले भन्नुभएको छ ।

‘अष्ट्रेलियालीहरूले ठूलो समर्थन र उनीहरूको शक्ति, लचिलोपन र चरित्र देखाएका छन् । म यसका लागि उनीहरूलाई धन्यवाद दिन्छु’, मोरिसनले भन्नुभयो, ‘सरकारको रूपमा हामीले राष्ट्रको सुरक्षामा लगानी गरेका छौं ।’ गठबन्धनको नेतृत्व गरिरहनुभएका लेबर नेता नेता एन्थोनी अल्बानीजले नयाँ अर्को सरकार बनाउने तयारी गरेको बताइएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?