काठमाडौं । पछिल्लो समय नेपाली सिनेमा हलमा चलचित्र प्रदर्शन भएको एकसाता टिकाउन धौधौ पर्छ । विदेशी चलचित्र केही साता टिके पनि कतिपय नेपाली चलचित्र त दुई दिनमै हलबाट उत्रिएका धेरै उदाहरण छन् । सुपरहित भनिएको नेपाली चलचित्र पनि एकसाता र बढीमा दुईसातासम्म प्रदर्शन भएका रेकर्ड धेरै छन् ।
कुनै समय चलचित्रले ५१ दिन मनायोभन्दा सामान्य लाग्थ्यो । तर त्यो कुरालाई सामान्य मान्न झण्डै दुईदशक अघिको समयलाई सझिनुपर्छ । अहिले त्यस्ता समयपनि थिए भन्ने गरिन्छ । पछिल्लो पटक फिल्म ‘छक्का पञ्जा ३’ले ५१औं दिन मनाएको थियो । त्यसपछि कुनै पनि चलचित्रले ५१ दिन मनाउन सकेका छैनन् । यद्यपी म यस्तो गीत गाउँछु २ ले सिंगल थिएटरमा ५० दिन पुरा गरेको निर्माता सुदर्शन थापाले भने दाबी गर्नुभएको छ ।
यसैबीच दक्षिण भारतीय चलचित्र ‘केजीएफ २’ले भने नेपालका हलमा ५१औं दिन मनाउने सम्भावना बढ्दै गएको छ । आइतबार ३९औं दिनमा पनि चलचित्रले काठमाडौंका प्रायः मल्टीप्लेक्सहरूमा राम्रो शो पाएको छ । मनोज राठीको समूहले नेपाल भित्र्याएको यो चलचित्रको अघिल्लो पार्टले काठमाडौंको विग मुभिजमा ५१औं दिन मनाएको थियो ।
अब ‘केजीएफ २’ले नेपालमा ५१औं दिन मनाउन मल्टिप्लेक्सहरूमा १२ दिन टिक्नुपर्नेछ । प्रदर्शनको ५औं हप्तामा चलचित्र हेर्ने दर्शक सुखद् रहेको हल सञ्चालकले बताएका छन् । वितरक राठीले कलेक्सन रिपोर्ट सार्वजनिक नगरे पनि चलचित्रले नेपालबाट १५ करोडको आसपास कमाई गरेको जानकारी प्राप्त छ ।
Live: प्रतिनिधि सभा बैठक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच