काठमाडौं । नेपाली म्युजिक भिडियो निर्देशक कुशल श्रेष्ठले इटालियन गायिका तथा लेखीका फेडष्टारको गीतको म्युजिक भिडियो निर्देशन गर्नुभएको छ । बेलायतमा रहेर नेपाली म्युजिक भिडियो निर्माणमा सक्रिय श्रेष्ठले पहिलो पटक इटालियन गायिकाको अंग्रेजी गीतको भिडियो निर्देशन अवसर पाउनुभएको हो ।
भिडियोमा श्रेष्ठले गायिकालाई नै अभिनय गराउनुभएको छ । लेखीका समेत रहेकी फेडष्टारलाई अभिनय गराएको भिडियो सेन्ट्रल लण्डन आसपासमै छायांकन गरिएको छ । । भिडियो केही दिनमा सार्वजनिक हुने उहाँले बताउनुभएको छ । पाँच वर्षको उमेरदेखि गायन प्रतियोगितामार्फत गायनमा होमिनुभएकी गायिका फेडष्टार गायनको अलवा बेली डान्समा समेत पोख्त हुनुहुन्छ ।
भिडियोमा फेडष्टारलाई जोन फ्रयांकले अभिनयमा साथ दिनुभएको छ । जोबिना हार्डीको मेकअप, फेडेरिका अन्ना सेटेमब्रिनी कार्यकारी निर्माता रहेको भिडियोमा स्पेनिस भाषाका र्यापर जोन र्याङकको समेत अभिनय रहेको निर्देशक श्रेष्ठले बताउनुभएको छ । उहाँले भारतीय, बंगाली, पाकिस्तानीका साथै केही अंग्रेजी प्रोजेक्टमा समेत काम गरेका कुशलले भिडियोको सम्पूर्ण जिम्मा लिएर आफैंले काम गरेको यो पहिलो विदेशी भएको खुलाउनुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं