नगर प्रमुखको पदवहालीसँगै भोजपुर नगरपालिकाको तीन नीतिगत निर्णय

Read Time = 3 mins

-निरोज कोइराला

भोजपुर । स्थानीय तह निर्वाचनबाट पुन दोश्रो पटक पाँच बर्षे कार्यकालका लागि निर्वाचित भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेको पदवाहालीसँगै तीन वटा नीतिगत निर्णय भएका छन् ।

बिपन्नलाई निशुल्क खानेपानी तथा बिद्युत लाइन जडान, ६० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिक र प्रसुती सेवाका लागि निशुल्क एम्बुलेन्स सेवा र सदरमुकाम र आसपासमा अब्यवस्थित बिद्युतको तार हटाएर एबिसी केवल लगाउने तीन नीतिगत निर्णय भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार राईले नीतिगत निर्णयका लागि मेयर समक्ष प्रस्ताव पेश गर्नु भएको थियो । नगर प्रमुख आलेले पदबहालीसँगै ती प्रस्तावमा हस्ताक्षर गर्नु भएको छ । “बिपन्नताका कारण नगर भित्रका कति पय घर परिवारहरुले खानेपानी तथा बिद्युत सेवा नपाई रहेकाले त्यस्ता परिवारलाई खानेपानी र बिद्युत जडानको ब्यवस्था नगरपालिकाले गर्ने छ, ६० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिक र प्रसुती सेवाका लागि निशुल्क एम्बुलेन्स सेवा र बिद्युतीय दुर्घटनालाई मध्य नजर गर्दे बजार क्षेत्रमा अवयवस्थित बिद्युतका तारहरु हटाई बिद्युत प्राधिकरणको समन्यवमा एबिसी केवुल मार्फत बिद्युत लाइन ब्यवस्थित गरिने छ ।” नवनिर्वाचित नगर प्रमुख आलेले भन्नुभयो ।

उहाँले आफु नयाँ जनप्रतिनिधी नभएकाले बिगतमा भन्दा नगरवासीको लागि उत्कृष्ठ कार्य गर्ने बताउनु भयो । नगर प्रमुख आलेले निर्वाचित जनप्रतिनिधी र कर्मचारीहरुलाई समेत नगरवासीले चाहे अनुसारको काम गर्न आग्रह समेत गर्नु भयो ।

भोजपुर नगरपालिका भित्र १२ वटा वडा रहेका छन । जसमध्ये नगरप्रमुख सहित ८ वडा नेपाली कांग्रेस, उपप्रमुख सहित ३ वडा नेकपा (एमाले) र १ वडा नेकपा (माओवादी केन्द्र) ले विजय हासिल गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?