कृतिका यु–१९क्रिकेट टिमको कप्तान नियुक्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यु१९ महिला टिमको कप्तानमा कृतिका मरासिनीलाई नियुक्त गरेको छ ।

क्यानले यसअघि नै विश्वकप छनोटका लागि १७ खेलाडी छनोट गरेको छ । सन् २०२३ मा अफ्रिकामा हुने विश्वकपको छनोटका लागि क्यानले खेलाडीको नामावली सार्वजनिक गरेको थियो ।

क्यानले सोमबार घोषणा गरेको टिममा कृतिका ९कप्तान०, किरण कुँवर, सोनु राजवंशी, टिका साह, सृष्टि धामी, साविधी धामी, एलिसा यादव, रन्जु श्रेष्ठ, अन्जली विक, हिरान्मायी रोय, एलिसा खडिया, मिनिसा उपाध्याय, स्नेहा महरा, निसा साह, मिनिसा राना मगर, प्रतिमा साह, ज्योतिनिस्का मरासिनी र मनिषा चौधरी परेका छन् ।

छनोटमा नेपालसँगै मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार सहभागी हुन्छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?