काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा दुई हजार २०० को बिन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.२१ अङ्कले ओरालो लागेर दुई हजार २०० मा ओर्लेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ५.६९ अङ्कले ओरालो लागेर ४२९.०५ अङ्कमा ओर्लेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर रु एक अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य नै ओरालो लागेको छ । बैंकिङ १७.९६, व्यापार २१.८५, होटल तथा पर्यटन ७०.६९, विकास बैंक ७५.९२, जलविद्युत् ५३.०९, वित्त ३३.३२, निर्जीवन बीमा १६३.७९, उत्पादन ७२.४४, अन्य ४.०१, लघुवित्त ८४.७८, जीवन बीमा २८५.८८, सामूहिक लगानी कोष ०.१४ र लगानी १.४७ अङ्कले ओरालो लागेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका