बलात्कार आरोपी पाण्डेलाई थप अनुसन्धानका लागि ५ दिनको म्याद थप

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ ।

सौन्दर्य प्रतियोगितामा सहभागि एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई सोमबार काठमाडौँ जिल्ला अदालत पु-याएको थियो । जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको जनाइएको छ ।

उनीमाथि सौन्दर्य प्रतियोगितामा सहभागि युवतीले सामाजिक सञ्जालमार्फत् आफुमाथि ६ महिनासम्म बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपश्चात पाण्डेलाई पक्राउ गरी कानून अनुसार कारबाही गर्न सडक, सदन र सामाजिक सञ्जालबाट तिव्र दबाब आइरहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?