पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

Read Time = 1 min

-रामचन्द्र रायमाझी

पाल्पा । सुख्खा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । सोमबार दिउँसो तिनाउ गाउँपालिका–५ कालीमाटी नजिकै खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।

पहिरोका कारण सवारी साधन सडकमै रोकिएका छन् । सडकमा ढुंगा र बाँसको झाडीसहित सुख्खा पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । अहिले जेसीबीले पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पहिरो ठूलो खसेकोले खुलाउन केही समय लाग्ने जनाइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?