कविता : मेरो छोरा केयुर

Read Time = 1 min

✍️ रञ्जु कटवाल सत्याल

भर्खर जन्मेको जीवन जस्तै
पबित्र, अबोध, अनमोल तिमी
तिमीले हामिलाई सिकायौ
धेरै–धेरै नै सिकायौ
स्वीकार गर्न सिकायौ
धर्यता सिकायौ, माफी सिकायौ
परिस्थितिसँग घुलमिल हुन मात्र होइन
उज्यालो तिर हेर्न सिकायौ।

तिम्रो मुस्कानसँगै उदाउछ हाम्रो जीवन
तिमी छौ र त सारा सपनाहरूमा छ्न् जीवन
तिमी छौ र त फक्रेका छन् हरेक मौसम मा रंग
मेरो बिश्वास, मेरो श्वास, मेरो सबै आश हौ तिमी ।

माया भन्दा मायालु छौ तिमी
जीवनको कपट्ता भन्दा टाढा छौ तिमी
घृणा जान्दैनौ
घमण्ड जन्दैनौ
सारा नाटकहरू भन्दा पर छौ तिमी
मेरो गर्व हौ तिमी
मेरो मातृत्वको शान हौ तिमी ।
मभित्र आउने हरेक भाव हौ तिमी ।

मेरो छोरा केयुर !
अँध्यारोमा लाई उज्यालोले चिर्दै
हरेक दिन नयाँ सपनाहरू सहित
माइलौ माइल हिड्ने छौ
तिमीले जित्ने छौ
इश्वरको आशीर्वाद हौ तिमी ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bandana
Bandana
2022-05-23 7:08 pm

Kasto raamro kabita manai chune

रिलेटेड न्युज

छुटाउनुभयो कि ?