भरतपुर । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लानुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुले ११ हजारबढी मतले अग्रता बनाउनु भएको छ । उहाँ एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ११ हजार १० मतले अग्रता कायम गर्दै जीत नजिक पुग्नुभएको छ ।
रेनुले ४६ हजार २५५ मत प्राप्त गर्दा सुवेदीले ३५ हजार २४५ मत प्राप्त गर्नुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २८ मत पाउनु भएको छ ।
उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी ४७ हजार २२८ मत प्राप्त गर्दा, राप्रपाकी हिमला गुरुङले २७ हजार ७१ मत पाउनु भएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :