रोम । एसी मिलानले इटालीको शीर्ष डिभिजन लिग सिरी ‘ए’ को उपाधि उचालेको छ । सिरी ‘ए’ को अन्तिम खेलमा सस्सुलोलाई ३-० ले पराजित गर्दै मिलान ११ वर्षपछि सिरी ‘ए’ च्याम्पियन बनेको हो । समग्रमा मिलान १९औँ पटक सिरी ‘ए’ च्याम्पियन बन्यो ।
यसअघि मिलान सन् २०१०-११ को सिजनमा च्याम्पियन बनेको थियो । आइतबार राती भएको खेलमा मिलानको जितमा ओलिभर जिरुडले दुई तथा फ्रान्क केस्सीले एक गोल गर्नुभयो ।
खेलको १७औँ मिनेटमा ओलिभर जिरुडको गोलबाट अग्रता लिएको मिलानका लागि ३२औँ मिनेटमा जिरुडले दोस्रो गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । ३६औँ मिनेटमा फ्रान्क केस्सीले लियोकै पासमा गोल गर्दै मिलानलाई च्याम्पियन बनाउनुभयो ।
यो नतिजासँगै मिलानले ३८ खेलबाट ८६ तथा दोस्रो स्थानमा रहेको इन्टरले ८४ अंक जोड्यो । सस्सुलो ५० अंक जोडेर ११औँ स्थानमा रहृयो । मिलानले इन्टर मिलानलाई २ अंकले पछि पार्दै उपाधि हात पारेको हो ।
उपाधि जितेसँगै ज्लाटन इब्राहिमोभिचले दोस्रोपटक मिलानबाट उपाधि जित्नुभयो । सन् २०११ मा मिलान च्याम्पियन बन्दा उहाँ टोलीको सदस्य हुनुहुन्थ्यो ।
अर्को खेलमा इन्टर मिलानले साम्पडोरियालाई घरेलु मैदानमा ३-० ले पराजित गर्यो । इन्टरको जितमा जोआक्विन कोरेआले दुई तथा इभान पेरिसिसले एक गोल गर्नुभएको थियो । एजेन्सी ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल