तेस्रो नेपाल म्युजिक एण्ड फेशन अवार्डमा ३९ विधा

Read Time = 2 mins

काठमाडौं । तेस्रो संस्करणको म्युजिक एण्ड फेसन अवार्ड २०२२ यही जेठ २५ मा आयोजना हुँदै छ । स्टार वान इन्टरटेनमेन्टको आयोजनामा हुने यो अवार्डमा ३९ विधा रहेको जनाइएको छ । आयोजनकका अनुसार नेपाली गीतसंगीत र फेशन क्षेत्रको प्रवद्र्धनका लागि तीन वर्षअघिबाट यो अवार्ड आयोजना हुँदै आएको छ ।

कोरोना महामारीबीच नेपाली संगीत क्षेत्रको प्रवद्र्धनका लागि यो अवार्ड विगत आयोजना गरिएको कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले जनाउनुभएको छ । उहाँका अनुसार सन् २०२१ जनवरीदेखि सन् २०२२ फेब्रुवरीसम्म बजारमा आएका विभिन्न विधाका गीतसंगीत तथा गीतसंगीतसँगै सम्बन्धित म्युजिक भिडियोका श्रष्टाले यसपटक यो अवार्डमा भाग लिएका छन् । निर्णायकले दिएको कुल नम्बरलाई ५० प्रतिशत र दर्शकको दिएको सबैभन्दा बढी भोटलाई ५० प्रतिशत मानेर यी दुवै आधारमा उत्कृष्ट चयन गरी यो प्रतियोगिताको विजेता चयन गरिने जनाइएको छ ।

मनोनयनमा चयन भएका श्रष्टालाई यसै साता काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर मनोनयनको प्रमाणपत्र प्रदान गरिने भएको छ । यसपटक मनोनयनमा वर्षभरी भ्युजको आधारमा सर्वाधिक हेरिएको गीतलाई समावेश गरेर सर्वाधिक लोकप्रिय गीतको विधा तय गरिएको छ । यस्तै यिनै गीतको भिडियोबाट पुरुष र महिला मोडल प्रतिस्पर्धामा छन् । यी सहित आधुनिक, पप, लोक दोहोरी, लोक, भाषाभाषी चता राष्ट्रय गीत विधामा गीतकार, गायक, गायिका, संगीतकार, मोडल पुरुष-महिला, भिडियो निर्देशक, कोरियोग्राफर, भिडियो सम्पादक जस्ता विविध विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?