मिस एण्ड मिस्टर सुप्रन्यासनलले देखाए ट्यालेन्ट

Read Time = 4 mins

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ को अन्तिम स्पर्धा जेठ १५ गते होटल सोल्टीमा एक समारोहबीच आयोजना हुँदैछ । प्रारम्भिक चरणबाट छानिनु भएका अन्तिम २० प्रतियोगी फाइनलमा शीर्ष उपाधिका लागि भिड्दै हुनुहुन्छ ।

प्रतियोगिताको आइतबार राजधानीको ग्लोबल स्कुल अफ साइन्स्, पुरानो बानेश्वरमा ट्यालेन्ट राउण्डमा आयोजना भयो । सो अवसरमा सबै प्रतियोगीताले नृत्य, अभिनय, गायन, वक्तृत्वकला, पेन्टिङलगायत विषयमा आ-आफ्नो प्रतिभा देखानुभयो । अभिनेता पुष्प खड्का, लेखक तथा निर्देशक राज शाह, पेन्टर चिराग, गायिका सोना अमात्य, मिष्टर नेपाल सन्तोष उपाध्याय, लेखक, जयदेव गौडेल निर्णायक रहेको ट्यालेन्ट राउण्डका उत्कृष्ट प्रतियोगीले फाइनलमा ‘ट्यालेन्ट उपाधि’ प्रदान गरिनेछ ।

प्रतियोगीतामा युवतीतर्फ सागारिका खड्का, रञ्जिता ढकाल, दृष्टि थापा, नविना बाँनिया, प्रतिभा न्यौपाने, अदीति अधिकारी, आयुषा चापागाई, केसु खड्का, प्रनिका श्रेष्ठ, एरी तुलाधर र युवकतर्फ प्रेमचन्द्र मण्डल, मानसकुमार राई, दीपेन्द्र शर्मा, रूपेश महत्तो, श्रीजन भट्टराई, सञ्जय तिमिल्सेन, सनिस श्रेष्ठ, सन्दीपकुमार शाह, सुमन सुनार, अनिस कार्की, चिराग बंदेललगायत प्रतियोगी रहनुभएको छ ।

‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ मिस्टर नेपाल विजेता सन्तोष उपाध्यायले पोल्याण्डबाट फ्रेन्चाइज लिएर सनुर्वी इन्टरनेसनलबाट आयोजना सुरु गरेका हुन् । उपाध्याय मिष्टर नेपाल विजेता बनेपछि ‘मिस्टर सुप्रन्यासनल’ मा सहभागी भएका हुनुहुन्थ्यो ।

‘मिस सुप्रान्यास्नल’ पनि महिलाहरूको विश्वप्रसिद्ध प्रतियोगितामध्ये शीर्ष तीनभित्र पर्ने गरेको छ । ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ विजेता पुरुषले जुलाई १५ र १६ मा पोल्याण्डमा आयोजना हुने ‘मिस्टर सुप्रन्यासनल २०२२’ र महिला विजेताले ‘मिस सुप्रन्यासनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिताभन्दा केही भिन्न र उत्कृष्ट तरिकाले आयोजना हुने दाबी गरिएको प्रतियोगिता युवा युवतीको प्रतिभा निखार्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उेद्दश्यले आयोजना आयोजक थलिएको सन्तोष उपाध्यायले बताउनुभएको छ ।

प्रतियोगी अहिले अन्तिमस्पर्धाका लागि पौडी, शारीरिक फिटनेस, फोटो सेसन, व्यक्तित्व विकाससम्बन्धी बिभिन्न प्रशिक्षणसहित लिइरहेका छन् । ४ एपिसोड र एउटा ग्राण्ड फिनालेको रूपमा इमेज टेलिभिजनबाट समेत प्रतियोगिता प्रसारण हुनेछ । प्रतियोगिताका लागि ‘मिस्टर सुप्रान्यास्नल २०२१’ विजेता भारो भार्गोस तथा कृयटिभ डिरेक्टर आन्द्रे स्लेई पनी नेपाल आउँनेछन् । प्रतियोगिताको कोरियोग्राफर प्रशान्त ताम्राकार रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?