काठमाडौं । गठबन्धन सरकारले स्थानीय तहको निर्वाचनलगत्तै इन्धनको मूल्य बढाएर मतदातालाई महँगी उपहार दिएको छ । सरकारले स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेकै अवस्थामा इन्धनमा दुईपटक मूल्य बढाइसकेको छ । नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी फेरि पनि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बढाएको छ भने ग्याँसमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढाएको छ ।
मूल्यवृद्धिसँगै ग्याँसको उपभोक्ता मूल्य प्रतिसिलिन्डर १८ सय रुपैयाँ पुगेको छ भने पेट्रोलको प्रतिलिटर एक सय ८० रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर एक सय ६३ रुपैयाँ पुगेको छ ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ १० रुपैयाँ वृद्धि गरेर प्रतिलिटर एक सय ६६ रुपैयाँ कायम गरेको छ । त्यसो त अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक एक अर्ब, डिजेलमा तीन अर्ब ४० करोड र एलपी ग्याँसमा तीन अर्ब घाटा हुने निगमले दाबी गरेको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :