काठमाडौं । टाटा मोटर्सले ललितपुरको सातदोबाटोस्थित सिप्रदी ट्रेडिङ प्रालिको आधिकारिक डिलर जेबी अटोमोटिभ प्रालिको शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता रहेको सिप्रदीले ग्राहकका लागि आधुनिक तथा सुविधासम्पन्न शोरुम तथा बिक्री सेवासुविधा केन्द्र सञ्चालनमा ल्याएको हो ।
शोरुम उद्घाटन टाटा मोटर्सका अजित सिंह, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरी, प्यासेन्जर भेइकल प्रमुख सावन्तजंग सिजापती र जेबी अटोमोटिभका अध्यक्ष जेवी घिसिङलगायतले संयुक्तरूपमा गर्नुभएको थियो । नयाँ शोरुममा टाटा मोटर्सका नयाँ बिएस ६ का सम्पूर्ण गाडी उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा रहेको कम्पनीले जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल