काठमाडौं । नेपालस्थित लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता वज्र ग्रुपअन्तर्गतको इभी नेपाल मोटर्सले नयाँ ग्राहक योजना ल्याएको छ । योजनाअन्तर्गत लेभ्निङका कुनै पनि सोरुम भिजिट गर्दा लक्की ड्रमार्फत् सलमान खान शोको दुईवटा टिकट पाउन सकिनेछ भने बम्परमा एकजनाले उक्त इलेक्ट्रिक स्कुटर पाउनेछन् ।
सोरुममा गएर ग्राहकले स्कुटर टेस्ट राइड गर्नुका साथै एउटा फारम भर्नुपर्नेछ । आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने टुबोर्ग द-बङ द टुर- रिलोडेड नामक सलमान खान शोलाई लक्षित गरी ग्राहक योजना ल्याएको कम्पनीले जनाएको छ । नेपाली बजारमा लेभ्निङका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध रहेका छन् ।
लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्रीका लागि देशभर पाँच सयभन्दा बढी दक्ष कर्मचारी समूह रहेको र १० भन्दा बढी डिलर तथा सातभन्दा बढी सर्भिस प्वाइन्ट रहेको कम्पनीले जनाएको छ ।
चीनको सांघाईदेखि एक सय ६० किलोमिटर टाढा रहेको जियाङ्सु प्रान्तको चाङझाउ शहरमा अवस्थित लेभ्निङ इ-बाइकको स्थापना सन् १९९९ मा भएको थियो । कम्पनीका उत्पादन विश्वका ६० भन्दा बढी देशमा निर्यात हुने गरेको बताइएको छ ।
ग्राहक सन्तुष्टिका आधारमा कम्पनीले पहिलो स्थान हासिल गरेको छ र जेडी पावरद्वारा चारपटक पुरस्कृत भइसकेको छ । स्कुटरहरू एक लाख १० हजारदेखि पाँच लाख ५९ हजार रुपैयाँ मूल्यसम्मका रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच