काठमाडौं । बुद्ध एयरले सोमबारदेखि काठमाडौं-बनारस सिधा उडान सुरु गरेको छ । कोरोना महामारीका कारण २०७६ फागुन ३० गतेदेखि बन्द गरेको बनारस उडान पुनः सुचारु भएको हो ।
तत्कालीन अवस्थामा सोमबार र शुक्रबार गरी सातामा दुई दिन उडान गरिने बुद्ध एयरले जनाएको छ । ५० मिनेटको काठमाडौं-बनारस उडान बिहान ७ः१५ र बनारस-काठमाडौं भारतीय समय ८ः३० मा हुने बताइएको छ ।
बुद्धले २०७५ असारदेखि बनारस उडान गर्दै आएको थियो । नौ एटिआर-७२, तीन एटिआर-४२ र दुई विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सयभन्दा बढी उडान गर्दै आएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :