सहकारी डिजिटल रूपान्तरणका लागि साझेदारी

Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीको डिजिटल रूपान्तरणका लागि इन्फो डेभलपर्ससँग सोमबार रणनीतिक साझेदारीका लागि सम्झौता गरेको छ ।

सहकारी व्यवसायलाई मर्यादित र पारदर्र्शी बनाउँदै सुशासन कायम गर्न प्रविधिको भूमिका अपरिहार्य भएकाले इन्फो डेभलपर्ससँग रणनीतिक साझेदारी गरेको महासंघका अध्यक्ष मीनराज कँडेलले बताउनुभयो ।

सम्झौतापत्रमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गर्नुभएको छ ।

सहकारी तथा लघुवित्तलाई मुख्य क्षेत्र बनाएर काम गरेको इन्फो डेभलपर्सले हाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीलगायतका लागि महत्वपूर्ण सफ्टवेयर विकास गर्दै एक हजारभन्दा बढी सहकारी, दर्जनौं लघुवित्त र केही बैंकहरूलाई सेवा दिइरहेको जनाएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारी डिजिटाइजमा जानुपर्ने र नयाँ प्रविधिसँग युवा पुस्तालाई सहकारीमा आबद्ध गर्न जोड दिनुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?