फोनपेलाई आइएसओ २७००१ः२०१३

Read Time = 1 min

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आइएसओ २७००१ः२०१३ प्राप्त गरेको छ । फोनपेले आफ्नो सेवामा उच्च गुणस्तरीयता प्रदान गरेकाले आइएसओ अर्थात् इन्फरमेसन सेक्युरिटी म्यानेजमेन्ट २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको कम्पनीले जनाएको छ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भन्नुभयो, ‘फोनपेका आमग्राहकले सुरक्षित तवरले कारोबार गर्न सकून् भन्ने कुरामा प्रतिबद्ध छ । त्यसका लागि फोनपेले निरन्तर आफ्नो पूर्वाधारमा लगानी गरिरहेको छ ।’ फोनपेका हेड अफ सेक्युरिटीका आस्लम अलीले भन्नुभयो, ‘आइएसओको प्रमाणीकरणले हाम्रा ग्राहक र कम्पनीको डाटा सुरक्षामा हाम्री प्रतिबद्ध छौँ भन्ने देखाउँछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?