टुर्नामेन्ट्स पार्टनरसिपलाई ओपोको निरन्तरता

Read Time = 2 mins

काठमाडौं । फ्रेन्च टेनिस फेडरेसन र विश्वस्तरमा अग्रणी प्राविधिक कम्पनी र ओपो सन् २०१९ देखि रोल्यान्ड गार्रोसको प्रिमियम पार्टनरद्वारा आफ्नो पार्टनरसिप सम्झौता थप दुई एडिसन (२०२२ र २०२३) का टुर्नामेन्ट्सका लागि थप गरिएको घोषणा गरेका छन् ।

एफएफटीका अध्यक्ष गिलिस मोरेटनले पार्टनरसिपको घोषणा गर्दै भन्नुभयो, ‘नवप्रवर्तनको हाम्रो चाहनाका साझेदार विश्वासिलो पार्टनर ओपोसँगको सम्झौता नवीकरण गर्न पाउँदा एफएफटी निकै हर्षित छ । अन्तर्राष्ट्रिय ब्रान्डसँगको यो साझेदारीले रोल्यान्ड गार्रोसको प्रभाव विश्वव्यापीस्तरमा पु¥याउने रणनीतिलाई थप बल मिलेको छ ।’

ओपोको ग्लोबल मार्केटिङका अध्यक्ष विलियम ल्युले भन्नुभयो, ‘इन्स्पिरेसन अहेडको अर्थ भविष्यको यात्रामा शान्तिका साथै आत्मविश्वासका साथ अघि बढ्नु हो । यसले हामीलाई बाधा अड्चनसँग दृढतासाथ साहसी भई लड्न र र स्थिरता तोड्न उत्प्रेरित गर्छ ।’ सन् २०२२ टुर्नामेन्टको फ्रेमवर्कअन्तर्र्गत मे १६ देखि जुन ५ सम्ममा ओपोले स्टेडियम शो कोर्टको उत्साहजनक भिजिविलिटीको सदुपयोग गर्दै ‘आरजी’ ओपो फोटो ग्यालरी, विशेषतः ओपोको नयाँ फ्ल्यागसिप उपकरण ः फाइन्ड एक्स फाइभ प्रोमार्फत् कैद गरिएका तस्बिरको डिजिटल प्रदर्शनी सार्वजनिक गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?