राष्ट्रपति भण्डारीले आज वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ । राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सो जानकारी दिनुभएको हो ।

राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्नुभएपछि संसद्को दोस्रो बैठक पुनः साँझ ६ बजे बस्ने कार्यसूची छ । सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति सदनमा टेबल गर्नु हुनेछ ।

संयुक्त सदनलाई सम्बोधन गर्नुभएकोमा राष्ट्रपतिप्रति हार्दिक धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको जानकारी पनि महासचिव डा। गौतमले दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?