हिमाल आरोहण किन गरिन्छ ?

Read Time = 10 mins
A A- A+

✍️ निनाम लोवात्ती
हाम्रो देश नेपालमा अहिले हिमाल आरोहणको सिजन छ । त्यसैले सात समुन्द्रपारिका विभिनन देशबाट नेपालमा रहेका विभिन्न हिमाल आरोहहण गर्नका लागि यस पटक ८४४ जना हिमाल आरोहीहरूले अनुमति लिएका छन् । तीमध्ये ३०२ जनाले त विश्वकै अग्लो ८८४८.८६ मिटर अग्लो सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएका छन् । हो, मानिसले आफ्नो जन्मथलो भन्दा टाढाटाढाको देशमा गएर लाखौलाख खर्च गरेर, कयौं दिन लगाएर आफ्नो ज्यानसमेत जोखिममा राखेर विश्वका अग्ला र खतरानक मानिने हिमाल चढ्ने प्रयास गर्छन् ? अथवा भनौं त्यस्तो हिमाल चढ्छ नै किन ? बढो गम्भीर प्रश्न छ । त्यसैले त्यसरी मानिसले आफ्नो ज्यानको समेत खास पर्वाह नगरी किन हिमाल चढ्छन्, अथवा हिमाल चढ्न मरिहत्ते गर्छन् ? भन्ने जान्नेतर्फ ।

हो, हिमाल किन चढिन्छ ? वा विदेशीहरू किन हिमालय क्षेत्रमा घुम्न आउँछन् ? भन्ने विषयमा नेपालका नामुद भूगोलविद, पर्वतारोही, योजनाविद, प्रशासक, चित्रकार, लेखक, खेलाडी, खोजकर्ता, अनुसन्धानकर्ता डाक्टर हर्क गुरुङले भन्नुभएको छ ‘पशुले आहारा खोजेझैँ मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्दछ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित इष्र्या लाग्छ भने पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रूप हो ।

पर्वत संसारको सबभन्दा गोप्य अंग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरु मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रूप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रूप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आपूmलाई एउटा क्षुद्र्र जीव पाउँछ र … ।’ (सन्दर्भ स्रोतः डाक्टर हर्क गुरुङद्वारा लिखित, ‘विषय विविध’ नामक किताबको पाना नम्बर –६१ मा रहेको ‘पर्वतारोहण’ शीर्षकको लेख । )

हुन पनि डाक्टर हर्क गुरुङले भन्नु भएझैँ नेपालमा प्रत्येक वर्ष हजारौं विदेशी पर्वतारोहीहरू पर्वतारोहणका लागि आइरहेका छन् । हालसम्मको अवस्था हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्नका लागि नेपाली पर्वतारोहीभन्दा ९९ गुणा बढी विदेशी पर्वतारोही आउने गरेका छन् । नेपाली पर्वतारोहीहरू ‘पेशेवर पर्वतारोही’ हुन् अझैँ धेरै समय लाग्ने देखिन्छ । अर्को भनेको स्वदेशी पर्वतारोहीभन्दा विदेशी पर्वतारोहीले नेपालका हिमाल चढ्न आउने क्रममा नेपाल सरकारलाई सलामी दस्तुर अथवा भनौं ‘रोयल्टी’ तिर्ने गरेका छन् । खासगरी विश्वकै अग्लो हिम चुचुरो चोमोलुङ्मा अर्थात् सगरमाथालगायत विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालमध्ये १० वटा हिमाल नेपालमै हुनु पनि हामी नेपालीहरूका लागि अहोभाग्यका रूपमा रहेको मान्न सकिन्छ । त्यतिमात्रै नभएर यी हिमालहरू प्रकृतिले सित्तैमा दिएको अमूल्य उपहार पनि हो ।

गुरुङका अनुसार सन् १९५९/६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीलाई एक जना बराबर ६ हजार नेपाली रुपैयाँ मात्रै लाग्थ्यो । अहिलेको अवस्था बेग्ले छ । विदेशी पर्वतारोहीहरुले अहिलेको अवथामा चोमोलुङमा अर्थात् सगरमाथा चढ्नका लागि मात्रै नेपाल सरकारलाई प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्छन् । उनीहरूले गर्ने अन्य खर्च त कति हो कति तापनि कोभिड-१९ को असर हालसम्म घटेको छैन । तापनि गतवर्ष अर्थात् सन् २०२१ नेपालका हिमालले खालि बस्नु परेन । गत वर्षको हिउँदे याममा मात्रै नेपालका ५३ वटा विभिन्न हिमाल आरोहणका लागि विदेशी पर्वतारोहीहरू आएका थिए भने, तीमध्ये २७ वटा हिमाल मात्रै पर्वतारोहीहरूले सफलता पूर्वक आरोहण गरेका थिए ।

गतवर्ष हिउँद यामको पर्वतारोहणमा जाने आरोहीहरूबाट सरकारले अनुमति दिएबापत ६ करोड ५३ लाख ८३ हजार रुपैयाँ सलामी दस्तुर उठाएको थियो भने, गत वर्षको वसन्त ऋतुमा विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीले तिरेको सलामी (रोयल्टी) वापत मात्रै नेपाल सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । यो वर्षको वसन्त ऋतुमा पनि सगरमाथालगायत अन्य हिमाल आरोहणका लागि आउने विदेशी पर्वतारोहीबाट नेपाल सरकारले मनग्य सलामी दस्तुर (रोयल्टी) बापत आमदानी गर्ने देखिन्छ ।

हालै ‘क्लिकमान्डू अनलाइन’ ले पर्यटन विभागलाई उद्धृत गर्दै लेखेको एक समाचारअनुसार गएको २५ चैतसम्ममा विभिन्न देशका ५०५ जना पर्वतारोहीहरूले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमतिपत्र लिइसकेका छन् । केही समयसम्म यो क्रम जारी रहने हुनाले यो वर्ष पनि पर्वतारोहणबाट राम्रै आमदानी हुने आशा गर्न सकिन्छ ।

हाम्रो देश नेपालमा हिम रेखाभन्दा माथिका हिमाल (५ हजार ५ सय मिटरभन्दा माथिका) १७ सयभन्दा बढी छन् । तापनि हालसम्म सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि ४ सय १४ वटा हिमाललाई मात्रै आरोहणका लागि खुल्ला गरेको छ वा भनौं ती हिमालहरूलाई कानुनी रूपमा मान्तयता दिएर कुनै पनि देशका पर्वतारोहीबाट निश्चित रकम बराबरको सलामी दस्तुर (रोयल्टी) लिएर आरोहण गर्ने अनुमतिपत्र जारी गर्ने गरेको छ ।

हालसम्म ४ सय १४ वटा हिमाल स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि खुला गरेको भए तापनि विश्वकै अग्लो हिम चुचुरो चोमोलुङमा अर्थात् सगरमाथा, माउण्ट एभरेष्ट, तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं अग्लो मकालु, छैटौं अग्लो चो-ओयु, सातौं अग्लो धौलागिरि, आठौं अग्लो मनास्लु, १०औं अग्लो अन्नपूर्ण प्रथम (अन्नपूर्ण-१) हिमालमा नै पर्वतारोहीहरूको बढी आकर्षण देखिन्छ । त्यस्तै ७ हजार मिटर र त्यसभन्दा कम उचाइ भए तापनि आमा डाब्लाम, नुप्चे, पुमोरी, बरुणत्से, कुम्भकर्ण (फक्ताङ लुङ), किरात चुली, हिमलुङ, नीलगिरि, हिउँचुली, गौ-गुरी, भृकुटी हिमाल, सीता चुचुरा, अरनिको चुली, धाम्पुस (थापा) पिक, नीलगिरि, लाङटाङ लिरुङ, अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो, हिउँचुली, डोम ब्लँ, काङ्बाचेनलगायत हिमाल चढ्न धेरैजसो विदेशी पर्वतारोही नेपाल आउने गरेका छन् । त्यसबाहेक नेपालमा रहेका ३३ वटा ससाना हिमाल ‘टे«किङ पिक’ भनी सरकारले अलग्गै खुला गरेको छ । ती टे«किङ पिकको रेखदेख, नियमन र रोयल्टी उठाउने जिम्मा नेपाल पर्वतारोहण संघ (एनएमए) ले पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?