रौतहट । रौतहटका पत्रकार फणी महत ब्रेन ट्युमरबाट पीडित हुनुभएको छ । रौतहटको चन्द्रपुर नगरपालिका निवासी पत्रकार महतको अहिले काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकले ब्रेन ट्युमरको तत्कालै शल्यक्रिया गर्नुपर्ने भनेकाले महतको शल्यक्रियाका लागि तयारी भइरहेको अस्पतालमा महतसँगै रहेका नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष कमल उपाध्यायले जानकारी दिनुभयो ।
पत्रकार महतको उपचारमा ठूलो धनराशी खर्च हुने भएकाले इच्छुक व्यक्तिले आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ । सहयोग गर्न चाहने इच्छुक व्यक्तिले राष्ट्रिय वाणिज्य बैंकको चपुर रौतहट शाखामा रहेको पत्रकार महतकी पत्नि सुनन्दा कार्कीको बैंक खाता नम्बर १९७०१०००००१२१०१० मा रकम जम्मा गरिदिन सक्नेछन् ।
अन्नपूर्ण पोष्टका रौतहट संवाददातासमेत रहेका महत रौतहटको चन्द्रनिगापुरबाट सञ्चालक रेडियो सुप्रिम र कलमपाटी डटकम अनलाइन पत्रिकाको सञ्चालक पनि हुनुहुन्छ । प्रेस चौतारी नेपालको मधेश प्रदेशका अध्यक्षसमेत रहेका महत करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच