पोखराको मतगणना स्थगित, एमालेले दियो पुन: गणनाको निवेदन

हिमालय टाइम्स
Read Time = 3 mins

पाेखरा । पोखरा महागरपालिकाको वडा नम्बर १८ काे मतगणनामा आशंका भएकाे भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ ।

पोखरा १८ मा एमालेका उम्मेदवार ३ मतले नेपाली कांग्रेससँग पराजित भएका थिए । उक्त वडामा मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो ।
एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले मतगणनामा धाँधली भएको आरोप लगाउनु भएकाे छ । ‘गणनामा गम्भीर त्रुटी छ । हराएको नौ मत हाम्रो हो,’ न्यौपानेले भन्नुभयाे, ‘यो गणनामा गम्भीर आशंका छ ।’

उहाँले मतगणना पुनः नगर्दासम्म नतिजा नस्वीकार्ने बताउनु भयाे । यहाँ एमालेका उम्मेदवार तीन मतले पराजित बन्नुभएकाे थियाे । एमालेका उम्मेदवार थापाले १ हजार ६४० कांग्रेसका तिमिल्सिनाले १ हजार ४४६ मत पाउनु भएकाे थियाे ।
यतिबेला एमालेका प्रतिनिधि मत गणना स्थलमा नआएपछि पोखराको मतगणना स्थगित भएको छ ।

एमालेले १८ नम्बर वडाको पुनः मतगणना सुरू नहुँदासम्म आफ्ना प्रतिनिधि नपठाउने जनाएको छ । ‘१८ नम्बर वडामा हामी तीन मतले हारेका छौं । त्यहाँ नौ मत हराएको छ,’ एमालेका पोखरा महानगर कमिटी सचिव जीवन आचार्यले भन्नुभयाे, ‘१८ को विवाद नसकिएसम्म बाँकी रहेको वडाको गणना अघि बढ्न सक्दैन । हामीले प्रतिनिधि पठाउदैनौं ।’

पोखरामा अहिले ३ वडाको मतगणना चलिरहेको छ । अन्तिम नतिजा आएका ३० वडामध्ये कांग्रेसले २१ र एमालेले ९ वडामा चुनाव जितेको छ । मेयरमा भने गठबन्धनका उम्मेदवार धनराज आचार्य र उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले चुनाव जितिसक्नुभएकाे छ ।

यद्यपि, औपचारिक घोषणा हुन बाँकी छ । गणना चलिरहेको वडा नम्बर २२, ३२ र ३३ मा पनि गठबन्धन उम्मेदवारहरूले अग्रता लिएका छन् ।
यसअघि एमालेले १८ को पुनः गणनाको मागसहित निवेदन दिएको छ । निवेदन उपर छलफल चलिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?