पोखरामा एमालेलाई काउन्टर : कांग्रेसले पनि माग्यो पुनः मतगणना

Read Time = 2 mins

पोखरा । पोखरा महानगरपालिका १८ मा एमालेले नौ मत हराएको भन्दै पुनः मत गणनाको माग गरेपछि कांग्रेसले पनि काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको छ ।

वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफूसहित सदस्य उम्मेदवारलाई दबाबमा पारेर आफ्नो प्रतिकुल हुनेगरी नतिजा सार्वजनिक गरिएको आरोप लगाउँदै पुनः गणना माग गर्नुभएकाे हाे । यहाँ एमालेका सहारा प्रधानले ४१ मत अन्तरले जित्नुभएकाे छ। प्रधानले एक हजार एक सय ४५ र गुरुङले एक हजार एक सय चार मत पाउनु भएकाे थियाे । यस्तै, वडा नम्बर १७ का कांग्रेस उम्मेदवार देवराज आचार्यले पनि पुनः गणनाको माग गर्नुभएकाे छ ।

उही ढाँचामा उहाँले निवेदन बुझाउनु भएकाे हाे । उहाँहरू दुवैले पहिलेभन्दा फरक गणक राख्न र निष्पक्ष रुपमा गणना गर्नुपर्ने माग राख्न्नुभएकाे ५ । १७ नम्बर वडामा ८३ मत अन्तरले एमालेकी राधिका शाहीले चुनाव जित्नुभएकाे थियाे । शाहीले दुई हजार ६ सय २५ र आचार्यले दुई हजार पाँच सय ४२ मत पाउनु भएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?