सरकारको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सहभागी भई पारित गर्न आफ्ना सांसदहरुलाई प्रचण्डको निर्देशन

Read Time = 3 mins

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सक्रिय सहभागी भई त्यसलाई पारित गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम पेश गर्नु अघि सिंहदरवारमा पार्टी संसदीय दलको बैठक बोलाई अध्यक्ष दाहालले पार्टीको नीति र निर्देशन अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सहभागी भई पारित गराउन पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको हो ।

त्यस अवसरमा उहाँले पार्टीका सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेटको आशयबारे पनि जानकारी गराउनु भएको पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘बजेट अधिवेशन भएको हुनाले आज नीति, कार्यक्रम प्रस्तुत हुँदैछ । १५ गते बजेट प्रस्तुत हुँदैछ । र, अव नीति, कार्यक्रम पनि पारित हुनुप¥यो । बजेट पनि पारित गर्नु पर्यो । र, पार्टीको नीति र निर्देशन अनुसार त्यही रुपमा सहभागी हुनुप-यो भन्ने कुराहरुनै हो । मुख्यतः यिनै विषयहरुको सन्दर्भमा हामीले छलफल गरेका हौं । चुनावको बारेमा एजेन्डा थिएन । माननीय ज्यूहरुले अर्थमन्त्रीज्यूलाई बजेटको बारेमा महत्वपूर्ण सुझावहरु दिनु भएको र अर्थमन्त्रीले ती सबैलाई समटने जवाफ दिनु भएको छ । र, अध्यक्षले चाँही अहिलेको परिस्थितिमा नीति तथा कार्यक्रम र बजेटको आरिएन्टेशन के हो ? कसरी अघि बढछ भन्ने कुरा लगायतका विषयमा मन्तव्य राख्नु भएको छ ।’

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पार्टीका सांसदहरुले दिएका सबै सुझावहरुलाई समेटेर आगामी आर्थिक वर्षको बजेट ल्याउने प्रतिवद्धता जनाउनु भएको थियो । पार्टीका सांसदहरुले बजेटबारे सुझाव दिनु भएको र ती सबै सुझावलाई पनि समेटेर बजेट ल्याउने जवाफ अर्थमन्त्री शर्माले दिनु भएको प्रमुख सचेतक गुरुङले बताउनु भयो ।

सरकारले आगामी जेष्ठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । बैठकमा स्थानीय तह निर्वाचनको भने समिक्षा नभएको माओवादी केन्द्रले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?