दुई वर्ष भित्रमा भुमिहिनको समस्या समाधान गर्ने सरकारको नीति

Read Time = 3 mins

काठमाडाै‌ । सरकारले भुमिहित तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दुई वर्षभित्र समाधान गरिने बताउनुभएको हो । उहाँले पुर्नस्थापनना हुन बाँकी मुक्त कमैयाहरुका लागि रोजगारी र क्षमता विकासको कार्यक्रम सञ्चालन गरिने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आगामी दुई वर्ष भित्रमा भुमिहिन, सुकुम्बासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधान गरिनेछ । पुर्नस्थापना हुन बाँकी मुक्त कमैया, हलिया र कम्लरी तथा मुक्त घोषणा हुन बाँकी हरवा, चरवाका लागि तिनै तहका सरकारका समन्वयमा उत्पादन, रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने छ ।’

राष्ट्रपति भण्डारीले राष्ट्रिय निकुञ्जको छेउछाउ तथा नदी किनाराका विपन्नका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन बताउनुभयो । उहाँले विशिष्टकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने बताउनुभयो ।

सरकारले पुँजी बजारको विकास तथा विस्तारका लागि लगानीकर्तालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने भएको छ ।

राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै पुँजी बजारको विकास र विस्तारका लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि र नियामक निकायको क्षमता अभिवृद्धि गरिने उल्लेख गर्नुभयो ।

त्यस्तै आगामी आवमा नेपालको क्रेडिट रेटिङ सम्पन्न गर्नुका साथै बीमालाई उत्पादन र उत्पादकत्वसँग आबद्ध गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?