नेपालको पहिलो राष्ट्रिय गीतमा पुनः संगीत

Read Time = 3 mins

काठमाडौं । युगकवि सिद्धिचरण श्रेष्ठको १११औं जन्मजयन्तीको अवसरमा युगकविद्वारा रचित नेपालको राष्ट्रिय गीतलाई पुनः संगीत गरी विमोचन गरिएको छ । गीतमा पछिल्लो समयका व्यस्त र लोकप्रिय संगीतकार एलिस कार्कीले संगीत बद्ध गर्नुभएको हो । उक्त गीत गत सोमबार आयोजना गरिएको एक समारोहबीच विमोचन गरियो ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख अतिथ्यमा सञ्चालित कार्यक्रममा युगकवि प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाले सभापतित्व गर्नुभएको थियो । प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनबाट युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार’ यस वर्ष सिस्नुपानी नेपाल संस्थालाई साथै यसैगरी विसं २०७७, २०७८ र २०७९ सिद्धिचरण युवा पत्रकारिता पुरस्कार क्रमशः गजुरधन राई, पारसप्रकाश नेपाल र लहना मिडियालाई नगदसहित सम्मान गरियो ।

राष्ट्रिय गीत निर्माणमा लामो समयदेखि सहभागी तथा नेपाली संगीत स्तरोन्नतिमा क्रियाशील गायिका गीता पाण्डे, संगीतकार एलिस कार्की तथा संगीत संयोजक राजेशकुमार श्रेष्ठलाई कदरपत्र प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति पुनबाट कदर पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रधानसेनापति, संरक्षक रविचरण श्रेष्ठ साथै साहित्यकारहरूले नेपालको पहिलो राष्ट्रिय गीतको बारे प्रकाश पार्नु भएको थियो ।

उहाँका ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘हिमगिरि मण्डित’, निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायत मर्मस्पर्शी रचना सर्वाधिक चर्चामा छन् । उहाँका कविता संग्र्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्य ‘उर्वशी’, ‘ज्यानमाराशैल’, ‘आँसु’ लगायत कृति छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?