काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेद्वार बालेन साहले फराकिलो अग्रता कायमै राख्नुभएको छ । पछिल्लो ताजा मतपरिणाम अनुसार लौरो चुनाव चिन्ह लिनुभएका शाहले ५४ हजार ७१८ मत प्राप्त गर्नुभएको छ ।
गठबन्धनकी साझाँ उम्मेद्वार नेपाल कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत ल्याउनुभएको छ । उहाँ दोस्रो स्थानमा हुनुहुन्छ ।
यस्तै, नेकपा (एमाले)का मेयर पदका उम्मेद्वार केशब स्थापितले ३३ हजार ९७५ मत ल्याउनु भएको छ । पहिलो स्थानमा रहनुभएका साह र दोस्रो स्थानका सिर्जनाबीच २० हजार ११० को मतान्तर रहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब २२ हजार ४६५ मत गणना गर्न बाँकी रहेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम