‘सेयर बजार नीतिगत डिप्रेसनको शिकार’

Read Time = 2 mins

काठमाडौं । उद्योगपति तथा सांसद विनोदकुमार चौधरीले नेपालको सेयर बजार नीतिगत डिप्रेसनमा रहेको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा अर्थ समितिद्धारा मंगलबार आयोजित छलफलमा उहाँले सेयर बजार सुधारका लागि सरकारले कदम चाल्नुपर्ने बताउनुभयो । सेयर बजारलाई सरकारले नै उपेक्षा गरेका कारण सेयर बजारमा सुधार आउन नसकेको चौधरीको भनाइ छ ।

अर्थतन्त्रको ऐनासमेत भनिने पुँजीबजारको विकासमा कानुनमा भएका व्यवस्थाका कारणसमेत समस्या आउने गरेको उहाँले बताउनुभयो ।
सरकारी ढुकुटी अर्थात् राष्ट्र बैंकमा पाँच सय अर्ब रुपैयाँ होल्ड भएको भन्दै चौधरीले पुँजीगत खर्च बढाएर बैंंकिङ प्रणालीमा तरलता बढाउनसमेत सुझाव दिनुभयो । नेपालमा बजेट अभाव हुनुभन्दा पनि अनुत्पादक बजेट बढ्दा समस्या आएको उहाँको भनाइ छ ।

चौधरीले शिक्षा मन्त्रालयको नीति प्रभावकारी नहुँदा देशबाट रकम विदेश गएको बताउनुभयो । नेपाली विद्यार्थी विदेश पठाउनेभन्दा पनि विदेशबाट नेपाल विद्यार्थी ल्याउने नीति आवश्यक रहेको उहाँले बताउनुभयो । शिक्षा मन्त्रालयका नीतिका कारण शिक्षाको नाममा चालु आर्थिक वर्षमा मात्रै नेपाली विद्यार्थीले ४३ अर्ब रुपैयाँ विदेश लगेको उहाँले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?