राजस्थान रोयल्सलाई हराउँदै गुजराज फाइनलमा

Read Time = 2 mins

मुम्बई । राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेटको डेब्यु प्रतियोगितामै फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा राजस्थानले दिएको १८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

गुजरातको जितमा डेभिड मिलरले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ६८ रन जोडे । कप्तान हार्दिक पाण्डयले अविजित ४० रनको योगदान गरे । यसअघि कोलकता टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १८८ रन जोडेको थियो ।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ८९ रन बनाए ।

पराजित राजस्थानलाई अब इलिमिनेटरमार्फत फाइनल पुग्ने अवसर छ । दोस्रो क्वालिफायरमा आज लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले फाइनल प्रवेशका लागि राजस्थानसंग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?