निलम्बित वडाध्यक्षको शपथ रोकियो

Read Time = 3 mins

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा एक जना वडाध्यक्षको शपथ ग्रहण रोकिएको छ ।

ईश्वरपुर नगरपालिका ११ का नवनिर्वाचित वडाध्यक्ष राम दुलार साहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएकाले उहाँलाई तत्काल शपथ नखुवाइएको हो । निर्वतमान वडाध्यक्ष समेत रहनुभएका साहविरुद्ध पहिलो कार्यकालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचारको मुद्दा दर्ता भएपछि निलम्बनमा पर्नुभएका साह पुनः चुनावमा उठ्नुभयो र विजयी समेत हुनुभयो । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का उम्मेदवार साह प्रतिस्पर्धीको भन्दा २४ मत बढी ल्याएर दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । साहले ४०६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र प्रसाद महतोले ३८२ मत मात्रै ल्याउनुभएको छ । ईश्वरपुरमा अन्य जनप्रतिनिधिहरुले भने गएको सोमबार नै शपथ लिइसक्नुभएको छ ।

ईश्वरपुरस्थित निर्वाचन अधिकृतको कार्यालयले नवनिर्वाचित वडाध्यक्ष साहविरुद्ध मुद्दा दायर भएको र त्यसको किनारा लाग्न बाँकी रहेकाले तत्कालका लागि शपथ नखुवाइएको जनाएको छ । शपथ ग्रहण नभएका कारण वडाध्यक्ष साहले पदभार ग्रहण गर्न पाउनुभएको छैन ।
तत्कालका लागि वडा सदस्यहरुमध्ये ज्येष्ठताका आधारमा शैलिया देवी कुम्हारलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको छ । ५२ वर्षीया कुम्हार यसअघि पनि वडा सदस्य हुनुहुन्थ्यो । अघिल्लो कार्यकालमा वडाध्यक्ष साह निलम्बनमा परेपछि कुम्हारले नै कार्यवाहक वडाध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

ईश्वरपुर नगरपालिका वडा नं ११ को भलुवाहीमा सडक निर्माण कार्य सम्पन्न गरेपश्चात उपभोक्ता समितिसँग लिएको १ लाख ५० हजार रुपियाँ घुससहित अख्तियारको टोलीले गएको कात्तिक २९ गते तत्कालिन वडा सदस्य सोनेलाल साह रौनियार र उमेश रायलाई लालबन्दीबाट रङ्गेहात पक्राउ गरेको थियो । अनुसन्धानमा वडाध्यक्ष रामदुलार साहको निर्देशनमा वडा सदस्य उमेश रायले घुसरकम लिएको र अर्का वडा सदस्य सोनेलाल साह रौनियारलाई राख्न दिएको खुलेको अख्तियारले जनाएको छ ।
यो मुद्दाको पेशी यही जेठ १९ गतेलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विभिन्न जिल्लामा लागूऔषधसहित ३५ जना पक्राउ नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : डा. शशांक कोईराला प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान देउवाको आलोचना होइन, आत्मसमीक्षा गर्न कांग्रेस नेता खड्काको आग्रह ललितपुर महानगरद्वारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन मकवानपुरमा एक वर्षमा ३१ जना एचआईभी संक्रमित थपिए लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)