सन्धिखर्क नगरवासीको न्यूनतम विद्युत् महसुल नगरपालिकाले भुक्तानी गर्छ : नगरप्रमुख श्रेष्ठ

Read Time = 4 mins

- श्याम घिमिरे

सन्धिखर्क । सन्धिखर्क नगरपालिकाले नगरबासीको न्यूनतम विद्युत् भुक्तानी गरिदिने भएको छ ।

बुधबार पदभार ग्रहण गर्दै नवनिर्वाचित नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले नगरबासीको न्यनूतम विद्युत् महसुल ३० रुपैयाँ नगरपालिकाले भुक्तानी गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । नगरप्रमुख श्रेष्ठले न्युनतम विद्युत् महसुलमा ३० रुपैयाँ मात्रै बुझाउनुपर्ने सम्पूर्ण घर–परिवारको विद्युत् महसुल नगरपालिकाले भुक्तानी गरिदिने बताउनुभयो ।

यस्तै नगरप्रमुख श्रेष्ठले नगरभित्रका सम्पुर्ण सामुदायिक लिफ्टिङ्ग खानेपानी आयोजनाकको पम्प सञ्चालनको बिद्युत महसुलमा ६० प्रतिशत रकम नगरपालिकाले भुक्तानी गर्ने, नगर भित्रका वर्थिङ सेन्टरमा सुत्केरी हुने र वर्थिङ सेन्टर वा स्वास्थ्य चौकिबाट अर्घाखाँची अस्पताल तथा आमा सुरक्षा कार्यक्रम लागु भएका स्वास्थ्य संस्थामा रिफर भई सुत्केरी हुने महिलाहरुलाई पोषण स्वरुप रु २ हजार नगपालिकाबाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

श्रेष्ठले नगरभित्र रहेको जिल्लाकै धरोहरको रुपमा स्थापित पाणिनी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययन गर्ने ४० जना जेहेन्दार ,पिछडिएका वा विपन्न वर्गका विद्यार्थीलाई भर्ना शुल्क क्याम्पसले मिनाहा गर्नेगरी निश्चित प्रक्रिया र मापदण्डको आधारमा मासिक शिक्षण शुल्क भुक्तानी गर्न नगरपालिकाबाट छात्रवृत्ति उपलब्ध गराउने बताउनुभयो ।

यस्तै नगरप्रमुख श्रेष्ठले बढ्दो बसाइसराइलाई रोकथाम गर्नको लागि रोजगारीको वातावरण सिर्जना गर्ने बताउनुभयो । श्रेष्ठले नगरपालिकालाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र दिगो बिकासको माध्ययमबाट समृद्ध र सुन्दर नगर बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै नवनिर्वाचित उपप्रमुख मिश्रा आचार्यले नगरवासीको भावना अनुसार कामगर्ने बताउनुभयो ।

शाखा अधिकृत मन्जु खनालको सञ्चालन र प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालको स्वागत मनतब्यमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरे,प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, निवर्तमान सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, एमाले नेता लक्ष्मण रायमाझी लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?