काठमाडौं । टाइम्स इन्टरनेसनल कलेज र आयोजक रोयल स्पोर्ट्स सेन्ट्रल जिएए तेस्रो रोयल यु-२३ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । टाइम्सले विशाल मिलन केन्द्र (बिएमके) लाई ८७-६५ ले पराजित गर्यो । टाइम्सको जितमा श्रेयश शाहले २० अंकको योगदान गर्नुभयो ।
रवि पौडेलको २१ अंकको सहयोगमा अघिल्ला दुवै संस्करणको विजेता रोयलले अन्माइस नेपाललाई ८७-५१ ले हरायो ।
यस्तै रोयल स्पोर्ट्स सेन्ट्रल र जेभियर इन्टरनेसनल कलेज फादर वाट्रिन स्मृति महिला खुला बास्केटबल प्रतियोगितामा फाइनलमा पुगेका छन् । राउन्ड रोविन लिगमा रोयल विजेता तथा जेभियर उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।
गोदावरी अल्मुनाइ एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगितामा रोयलले नयाँबजार क्लब, कीर्तिपुरलाई ३४-१७ ले पाखा लगायो । रोयलकी प्रतिक्षा मगरले १४ स्कोर गर्नुभयो । जेभियरले आइएसए नेपाललाई २८-१९ ले पन्छायो । जेभियरकी कृति चौधरीले आठ अंक जोड्नुभयो । फाइनल बिहीबार हुनेछ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :