भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

Read Time = 1 min

नयाँदिल्ली । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । घरेलु बजारमा मूल्यवृद्धि नियन्त्रणका लागि भन्दै भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको हो । भारत सरकारले व्यापारीलाई आगामी जुन १ देखि अक्टोबर ३१ सम्मका लागि निर्यात अनुमति सुरक्षित गर्नसमेत आग्रह गरेकोे छ । ‘जुन १ बाट चिनी (कच्चा, प्रशोधित र सेतो चिनी) को निर्यातलाई प्रतिबन्धित सूचीमा राखिएको छ ।’ भारतको विदेश व्यापारसम्बन्धी महानिर्देशनालयलले भनेको छ । यो प्रतिबन्ध जुन १ देखि अक्टोबर ३१ सम्म लागू हुने जनाइएको छ ।

यद्यपि ‘सिएक्सएल’ र ‘टिआरक्यू’मार्फत अमेरिका र युरोपतर्फ हुने चिनीको निकासीमा भने यस प्रतिबन्ध लागू नहुने जनाइएको छ । भारतले केही समयअघि गहुँको निर्यातमा पनि प्रतिबन्धको घोषणा गरेको थियो । एजेन्सी ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?