पूर्वसचिव नेपालको पुस्तक ‘नेपालमा गरिबी : निदान र उपचार’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक ‘नेपालमा गरिबी : निदान र उपचार’ सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. स्वर्णीम वाग्लेलगायतले उक्त पुस्तक सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा डा.वाग्लेले विमोचित पुस्तक आफैंमा पूर्ण रहेको बताउनुभयो । पूर्वसचिव कृष्ण ज्ञवालीले समीक्षात्मक टिप्पणी गर्दै विमोचित किताबले पाठ्यपुस्तक हुने सामथ्र्य राख्ने बताउनुभयो । प्रा.गोपीकृष्ण शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. सञ्जय आचार्य, विद्यानाथ नेपाल, परशु नेपाललगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?