सलमानको कन्सर्टका लागि आठ करोड खर्च

Read Time = 1 min

काठमाडौं । बलिउड स्टार सलमान खानसहित विभिन्न कलाकारहरूले काठमाडौंमा गर्ने भनिएको कन्सर्ट स्थगित भएको छ । आगामी शनिबार दशरथ रंगशालामा ‘द ब्याङ रिलोडेड टुर’ नाम दिएर कन्सर्ट गर्ने तयारी भइरहेको थियो । प्रचारप्रसार निकै भएको थियो तर आयोजक ओडीसी इन्टरटेनमेन्टले नै अहिलेका लागि कन्सर्ट रोकेको जानकारी दिएको छ ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षात्को समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएपछि स्थगित गरिएको हो । अर्को अनुकूल समय हेरेर केही समयपछि मिति घोषणा गरिने गुरुङले जानकारी दिनुभएको छ ।

कलाकारको पारिश्रमिक, लाइट, साउण्ड र स्टेज व्यवस्थापनमा झण्डै ८ करोड रुपैयाँ खर्च भइसकेको उहाँले बताउनुभएको छ । सलमानले मात्र ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने तय भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?