काठमाडौं । देवेन्द्र पाण्डेको निर्देशनमा चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ को छायांकन सुरु भएको छ । बुधबार काठमाडौंको धर्मस्थलीबाट चलचित्रको छायांकन सुरु भएको हो । सौरपानी मिडिया प्रालिको व्यानरमा निर्माण बन्न लागेको यो चलचित्रमा अविनास न्यौपाने, सिर्या कार्की, मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य र सविना न्यौपाने लगायतको अभिनय रहनेछ ।
निर्माता मनु नेपाली पनेरुले चलचित्रमा बच्चादेखि नै भिन्न जातिका दुईजना बालबालिका एक आपसमा धेरै नजिक हुने र पछि छुट्ने तर एक दोहोरीमा अचानक भेट हुने सुखद् कहानी रहेको बताउनुभयो । उहाँले यो चलचित्रको नाम मुनामदनबाट प्रेरित भएको तर मुनमदनका कथावस्तु नरहने पनि जानकारी गराउनुभयो ।
चलचित्र सामाजिक विषयवस्तुमा निर्माण गर्न लागेको निर्देशक पाण्डले बताउनुभयो । पाण्डेले यस अगाडि दुई चलचित्र र थुप्रै म्युजिक भिडियो निर्देशन गरिसक्नु भएको छ । चलचित्रमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहनेछ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन