२१.९३ मेगावाटको काबेली ३ को मुख्य लगानीकर्ता एनएमबी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एनएमबी बैंकले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा रहेको सिरिजङ्घा गाउँपालिकामा निर्माणाधीन काबेली ३ आयोजना काबेली हाइड्रोपावर कम्पनी प्रालिद्वारा प्रवद्र्धित आयोजना हो ।

आयोजनामा एनएमबी बैंक अगुवा बैंक रहेको छ भने सह-वित्तीयकरणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक रहेको छ । २१.९३ मेगावाटको उक्त आयोजनाको कुल अनुमानित लागत चार अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ, जसमध्ये बैंकको ऋण लगानी तीन अर्ब २१ करोड ३० लाख रहनेछ । उक्त आयोजनासमेत एनएमबीले कुल ४३ जलविद्युत् आयोजनामा लगानी गरिसकेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?