शाओमीका तीन नयाँ इको-सिस्टम उत्पादन

Read Time = 3 mins

काठमाडौं । शाओमीले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मिहोम सेक्युरिटी क्यामेरा ३६० नेपाली बजारमा ल्याएको छ । शाओमीको स्मार्ट अप्लायन्स सेग्मेन्टअन्तर्गतको होम सेक्युरिटी क्यामेरा घरको सुरक्षाका लागि हो भने बाँकी दुई स्मार्ट वाच रहेका छन् ।

नयाँ उत्पादन सार्वजनिक गर्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित पण्डाले भन्नुभयो, ‘हामी सधैँ सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिजाइनयुक्त डिभाइस हाम्रा उपभोक्तामाझ ल्याउन प्रयासरत छौँ, हामी चाहन्छौँ कि हाम्रा उपभोक्ताका लागि दैनिक जीवनमा अत्यन्त काम लाग्ने व्यावहारिक, राम्रो पर्फर्मेन्स भएका र उपयोगी फिचरयुक्त उत्पादन दिन सकौँ ।’

कम्पनीका अनुसार शाओमी एस् वान एक्टिभ फिट्नेसमा रुचि राख्नेका लागि उपयोगी लेटेस्ट र स्टाइलिस स्मार्ट वाच हो, जसमा १. ४३ इन्चको हाई रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाई रिफ्रेस स्क्रिन रहेकाले चौबिसै घण्टा मुटुको चाल रेकर्ड गर्नुका साथै अन्य एक सय १७ वटा फिट्नेस मोड पनि रहेका छन् ।

नर्मल मोडमा १२ दिन र ब्याट्री सेभर मोडमा २४ दिन टिक्ने स्मार्ट वाच वाटर प्रुफसमेत रहेको छ । त्यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १. ४७ इन्चको फुल एमोलेड डिस्प्लेसहित उपलब्ध छ, जसले अक्सिजन लेभलका साथै मुटुको चाल पनि रेकर्ड गर्छ । मिहोम सेक्युरिटी क्यामेरा ३६० बाट मधुरो उज्यालोमा पनि फुल कलर प्यालेट देख्न सकिन्छ ।

३२ जिबीसम्मको स्टोरेज रहेको र घरको जुनसुकै कुनामा सजिलै फिट गर्न सकिने कम्पनीले जनाएको छ । शाओमी एस् वान एक्टिभ स्मार्ट वाचको मूल्य २२ हजार नौ सय ९९ सय, रेडमी स्मार्ट ब्यान्ड प्रोको मूल्य छ हजार एक सय ९९ र मिहोम सेक्युरिटी क्यामेरा ३६० को मूल्य चार हजार चार सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?