बालेन र सुनितालाई करिश्माको बधाई

Read Time = 6 mins

काठमाडौं । वरिष्ठ अभिनेत्री करिस्मा मानन्धरले लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने बताउनु भएको छ । जनताले आफ्नो भविष्य देखेको तिर नै मत दिने धारणा उहाँको रहेको छ ।

सामाजिक संजालमा आफ्नो भनाइ पोष्ट गर्दै अभिनेत्री मानन्धरले काठमाडौं महानगरपालिकामा विजयी मेयर बोलेन साह र उपमेयर सुनिता डंगोललाई बधाई दिनुभएको छ । उहाँले साह र डंगोल काठमाडौं बासीको रोजाई भएको बताउनुभयो ।

‘मेरो विचारमा सबै लोकतान्त्रिक विचार राख्नेले नयाँ पुस्ताले गरेको यो ऊर्जाशील प्रयासलाई असाध्यै सकारात्मक तवरले लिनुपर्छ’ उहाँले लेख्नु भएको छ, युवाहरूले राष्ट्रिय राजनीतिमा चासो लिन थाल्नु सकारात्मक परिवर्तनको सुरुवात हो ।’

यस्तो छ करिश्माको स्टाटस-

लोकतन्त्रमा जनताको रोजाइ सर्वोच्च हुन्छ ।

जनताको मत तेतातर्फ आकर्षित हुन्छ जाहा जनताले आफ्नो भविष्य सुनिश्चित देख्छन् । काठमाडौँ महानगरवासी जनताको रोजाइ, हुनै लागेका नयाँ मेयर बालेन साहालाई बधाई तथा सफल कार्यकालको शुभकामना छ । हुनै लागेकी , उपमेयर नेकपा एमाले कि नेत्री क। सुनिता डंगोललाई बधाई तथा सफल कार्यकालको शुभकामना ।

मेरो विचारमा सबै लोकतान्त्रिक विचार राख्नेले नयाँ पुस्ताले गरेको यो ऊर्जाशील प्रयासलाई असाध्यै सकारात्मक तवरले लिनुपर्छ । युवाहरूले राष्ट्रिय राजनीतिमा चासो लिन थाल्नु सकारात्मक परिवर्तनको सुरुवात हो । सबै दलहरूको चुनावी प्रयास भनेको आफ्ना नीति योजनाहरू जनता सामु पुर्‍याउनु र आफ्नो पार्टीलाई अत्यधिक मतले विजयी बनाउनु नै हुन्छ । जनमतको क्रममा ठुला दल अत्यन्तै सानो भएर खुम्चिनु ।

अनि सानो दल ठूलो जनमतले अचानक आगाडि आउने घटनालाई , जनताले लोकप्रिय र विकासोन्मुख पार्टी रोजेछ भन्न सकिन्छ । तर यो स्थानीय चुनावमा तेस्रो भएको होइन । यो चुनावको परिणाम मिश्रित छ। पुरानो पार्टी नेपाली काङ्ग्रेस गठबन्धन गरेर आंशिक रूपमा पहिलो , नेकपा एमाले एकलै भएपनि दोस्रो र गठबन्धनका अन्य दल नेकपा माओवादी तेस्रो , नेकपा एस , र अन्य दल ।।।

जनताको चाहाना नयाँ उम्मेदवारहरू तर्फ झुकेको छ । धरानमा हर्क साम्पाङले जित्नु , विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारले जित्नुलाई उदाहरणको रूपमा लिन सकिन्छ ।

हरेक पार्टीले यो सत्यलाई मनन् गर्नुपर्छ । म आफू पनि नेकपा एमालेको पक्षधर भएकोले केही मनमा लागेको कुरा राख्दै छु, यो एउटा नागरिकको हिसाबले सुझाव पनि राख्दै छु । किनभने नागरिकले निष्पक्ष विश्लेषण गर्दछ। नयाँ सदस्य भएको कारण आन्तरिक कुरा कम थाहा हुनसक्छ ।।

तर पार्टीको गरिमा बढेको हेर्न चाहाने भएकोले र यो मुलुकको विकास गर्न एमाले पार्टी सक्षम भएको आफ्नो विश्वासले अनि आफ्नो कार्यकालमा एमालेको सरकारले गरेको कामबाट प्रभावित भएर पार्टीमा आबद्ध भएको कारण यो कुरा राख्दै छु । पार्टीले गहन प्रकारले विगतमा भएका त्रुटी र अप्ठ्यारोमा गरिएको निर्णयबाट पार्टीलाई परेको असरको बारेमा निर्मम र निःस्वार्थ समीक्षा गर्नुपर्छ होला र त्यसलाई सच्याएर अगाडि जानुपर्छ । किनभने विगतमा भएका घटनाक्रमले गर्दा लोकप्रियता र परिस्थिति निकै राम्रो हुँदाहुँदै पनि धेरै ठाउँमा आफ्नैहरुबाट अन्तर्घातका कारण यथोचित सफलता हासिल गर्न सकिएन । धेरै नयाँ पुस्ताका अनुहारलाई अगाडि सार्नु पार्टीको सबल पक्ष रह्यो । मुख्य नेतृत्वले तल सम्मको स९साना कामकारवाहीमा थोरै भए पनि जानकारी लिनुपर्छ होला । कतै कतै उमेदवारहरूको छनोट पो गलत भयो कि ।।

समय परिवर्तनशील छ , हिजो जे थियो आज छैन ,आज जे छ भोलि हुँदैन । त्यसैले हिजोको एमालेलाई , आज र भोलि उस्तै सदाबहार बनाउन हामीले आफूलाई परिवर्तन गर्नुपर्छ । आउँदो मुख्य चुनावमा नेकपा एमालेलाई पहिलो नम्बरमा पुर्‍याउनु पर्छ । चुनावमा एमालेका नेता कार्यकर्ताले जुन ऊर्जाका साथ दिनरात नभनेर मेहनत गरेको देखे त्यसबाट धेरै कुरा सिक्ने मौका पाए ।

विजय हासिल गर्नुहुने सम्पूर्ण कमरेडहरूमा बधाई तथा सफल कार्यकालको शुभकामना

अन्त्यमा

हामी जे गर्छौ राष्ट्रिय हितको लागि गर्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?