प्रतिनिधि सभाको बैठकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्दै

Read Time = 1 min

प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएको छ ।

आज शुरुवाती चरणमा नै आलीले सरकारले जेठ १० गते प्रश्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमको बारेमा बोल्नुहुने भएको हो ।

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले देश र जनताका लागि कुनै नयाँ नीति तथा कार्यक्रम नल्याएको भन्दै बिरोध गर्दै आएको छ । सरकारले जेठ १५ गते आगामी वर्षको लागि बजेट ल्याउँदैछ ।

बजेटका ल्याउनका लागि सरकारले नीति तथा कार्यक्रम प्रश्तुत गरेको छ, यसलाई छलफल गरेर सांसदहरुले राखेका प्रश्तावलाई संशोधन गरी बजेट ल्याउने सरकारको तयारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?