निर्वाचित भएसंगै नगर प्रमुख र उपप्रमुख किसानको खेतमा

Read Time = 3 mins

-प्रकाश न्यौपाने

नवलपरासी । नवलपरासी बर्दघाट नगरपालिकाका नगर प्रमुख र उपप्रमुख निर्वाचित भएसंगै किसानको खेतमै पुगेका छन । नवनिर्वाचित नगर प्रमुख शम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्र प्रकाश उपाध्याय सहित प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्य सहितको टोली किसानको खेतमा पुगेका हुन ।

बर्दघाट नगरपालिकामा वडा नं.१४ का विभिन्न कृर्षि पेशामा संलग्न कृषकको आवस्यकता पहिचान गर्न कृषिको खेतमा पुगेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । खेत तथा गोठ मै पुग्दा किसानका पिडा बुझ्न सकिने र उनीहरुका आवश्यकता पहिचान गरी नगरले बजेट विनियोजन गर्दा वितरण मुखी भन्दा पनि उत्पादनमुखी बनाई कृषकलाई थप कृर्षि पेशामा संलग्न गराई नगरलाई आत्मनिर्भर बनाउने योजना रहेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो ।

त्यस्तै कृषकका बालिलाई नगरले समन्वय गरी कृषकलाई निरन्तर कृर्षि पेशामै संलग्न गराउँदै बजारको जिम्मा नगरले लिने योजना बनाउन लागेको बताउँदै कृषकको खेतमै बसेर बेच्ने बातावरण तयार गरी नविकेका कृर्षि जन्य पदार्थलाई दिर्घकालसम्म राख्न कच्चा पदार्थलाई बजारीकरणकालागि अत्यावस्यक उपकरण उपलब्ध गराउदै कृषकलाई कृर्षि पेशामै रमाउने बनाउन आफुहरु लाग्ने उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनुभयो ।

कृर्षि पेशामा संलग्न कृषकका यति बेला भण्डारण गरि राखिएका फर्सिले उचित मूल्य नपाउँदा कुहिने भएको हुदाँ यस्लाई चाडै नै व्यवस्थापनकालागि पहल गर्ने जानकारी बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेधनाथ पाध्याले बताउनुभयो।

टोलिले तरकारी खेती, मौरी फार्म, गाईफार्म, भैसी र्फाम लगायतको अनुगमन तथा निरिक्षण गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?