जुम्लामा १५ सय किलोवाटको सोलार प्लान्टबाट विद्युत उत्पादन हुँदै

Read Time = 2 mins

-विजय रावत
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका ३ स्थित खोपेचौर र घुघुत्ती पावरहाउसको चौरबाट १५ सय किलोवाटको सोलार प्लान्टबाट विद्युत उत्पादन हुने भएको छ ।

यहाँको बिजुली आपूर्ति व्यवस्थापनका लागि १५ सय किलोवाट सोलार प्लान्ट राखिने भएको छ । सोलार प्लान्ट राख्नका लागि स्थानको छनोटसमेत गरिएको छ । जिल्लाको चन्दननाथ नगरपालिका– ३ स्थित खोपचौर रघुघुत्ती पावरहाउस नजिकको चौरमा सोलार प्लान्ट राख्नका लागि स्थान छनोट गरिएको हो । नेपाल विद्युत प्राधिकरणको लगानीमा १५ सय किलोवाट सोलार प्लान्ट राख्नका लागि खोपेचौर र पावरहाउस नजिक चौर छनौट गरी पठाएको विद्युत वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल विद्युत प्राधिकरण काठमाडौंबाट पिएमडी शाखाका तीन इन्जिनियरको टोली जुम्ला आएर काठमाडौं फर्किएको छ । यहाँबाट दुई ठाउँमा छनौट गरी पठाएका छौँ । केन्द्रको पिएमडी शाखाले दुई स्थानमध्ये एक उपयुक्त स्थान छनोट गर्ने छ । १५ सय किलोवाट सोलार पलान्ट स्थापना भएपछि यहाँको बिजुली आपूर्तिमा निकै राहत हुने कार्यालय प्रमुख रावलले जानकारी दिनुभयो ।”

जिल्लामा राष्ट्रिय प्रसारण लाइनसँग जोडिए पनि नियमित बिजुली आपूर्ति हुन सकेको छैन । दैलेख, कालिकोट हुँदै जुम्लामा राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोडिएको छ । जिल्लामा अझै पनि यहाँका सबै स्थानीय तहमा राष्ट्रिय विद्युत प्रसारण लाइन पुग्न सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?