-विजय रावत
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका ३ स्थित खोपेचौर र घुघुत्ती पावरहाउसको चौरबाट १५ सय किलोवाटको सोलार प्लान्टबाट विद्युत उत्पादन हुने भएको छ ।
यहाँको बिजुली आपूर्ति व्यवस्थापनका लागि १५ सय किलोवाट सोलार प्लान्ट राखिने भएको छ । सोलार प्लान्ट राख्नका लागि स्थानको छनोटसमेत गरिएको छ । जिल्लाको चन्दननाथ नगरपालिका– ३ स्थित खोपचौर रघुघुत्ती पावरहाउस नजिकको चौरमा सोलार प्लान्ट राख्नका लागि स्थान छनोट गरिएको हो । नेपाल विद्युत प्राधिकरणको लगानीमा १५ सय किलोवाट सोलार प्लान्ट राख्नका लागि खोपेचौर र पावरहाउस नजिक चौर छनौट गरी पठाएको विद्युत वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल विद्युत प्राधिकरण काठमाडौंबाट पिएमडी शाखाका तीन इन्जिनियरको टोली जुम्ला आएर काठमाडौं फर्किएको छ । यहाँबाट दुई ठाउँमा छनौट गरी पठाएका छौँ । केन्द्रको पिएमडी शाखाले दुई स्थानमध्ये एक उपयुक्त स्थान छनोट गर्ने छ । १५ सय किलोवाट सोलार पलान्ट स्थापना भएपछि यहाँको बिजुली आपूर्तिमा निकै राहत हुने कार्यालय प्रमुख रावलले जानकारी दिनुभयो ।”
जिल्लामा राष्ट्रिय प्रसारण लाइनसँग जोडिए पनि नियमित बिजुली आपूर्ति हुन सकेको छैन । दैलेख, कालिकोट हुँदै जुम्लामा राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोडिएको छ । जिल्लामा अझै पनि यहाँका सबै स्थानीय तहमा राष्ट्रिय विद्युत प्रसारण लाइन पुग्न सकेको छैन ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र