-निरोज कोइराला
भोजपुर । राजनीतिमा लागे पछि कहिले काहीँ फाइदा हुन्छ भन्ने उदाहरण भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्वर २ धोद्लेखानीका जनप्रतिनिधी भएका छन । जहाँ श्रीमानले स्वतन्त्रबाट वडाध्यक्षमा जित्नु भयो भने श्रीमतीले महिला सदस्य ।
रामप्रसाद राई गाउँपालिका वडा नम्वर २ को वडाध्यक्षमा २ सय ३४ मत ल्याएर राजकुमार तामाङ बिजयी हुनु भयो भने श्रीमती प्रभा राईले २ सय ८३ मत ल्याएर महिला सदस्य बन्नु भयो । नेकपा (एकीकृत माओवादी) रामप्रसाद राई गाउँपालिका गाउँ पार्टी अध्यक्ष समेत रहेका राजकुमारलाई पार्टीले टिकट नदिए पछि उहाँ स्वतन्त्रबाट वडाध्यक्षमा उठेर विजयी हुनु भएको हो । श्रीमती प्रभा भने माओवादी केन्द्रका तर्फबाट विजयी हासिल गरेर महिला सदस्य हुनुभयो हो ।
वडाको अन्य सदस्यहरुमा पनि माओवादी केन्द्रका जिवन जर्गामगर ३ सय ३६ मत, सुन्दर कुमार राई २ सय ६ मत र बिष्णा दर्जी २ सय ६४ मत सहित दलित महिला सदस्यमा निर्वाचित हुनु भएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल