चौथो स्थानीय तह गोल्डकप हेटौंडामा हुने

Read Time = 2 mins

-श्रीराम अर्जुन

हेटौंडा । चौथो स्थानीय तह मकवानपुर गोल्डकप २०७९ हेटौंडामा हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जेष्ठ १९ गतेबाट स्थानीय तह गोल्डकप सुरु हुने जनाएको छ ।

विहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कार्यक्रम संयोजक प्रताप विष्टले खेलमा देशका १० वटा क्लबहरुले सहभागिता रहने बताउनु भयो । उहाँले खेल नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्ने बताउनु भयो ।

उहाँले विधागत पुरस्कारमा जनही २५ हजार नगद सहित सर्वोत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टको तर्फबाट बुलेट बाइक प्राप्त गर्ने बताउनु भयो।

हेटौंडाको पिप्ले क्याम्पा खेल मैदानमा हुने प्रतियोगितामा दर्शकका लागि एक सय, दुई सय र दुई सय पचास टिकट शुल्क लाग्ने आयोजकले जनाएको छ । खेलमा एक करोड ७० लाख आम्दानी हुने र करिब एक करोड १५ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

संघका अध्यक्ष टिकाराम लामाको अध्यक्षता तथा हेटौंडा १४ का वडा अध्यक्ष दीपक खड्काको प्रमुख अतिथ्यतामा पत्रकार सम्मेलन भएको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्की, कार्यालय सचिव राजन दाहाल खुसराज लगायत पत्रकार तथा खेलकुदकर्मीहरुको उपस्थिती रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?