बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६मा प्रस्तुत हुने

Read Time = 1 min

-श्रीराम अर्जुन
हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ गते आउने भएको छ ।

प्रदेशसभा सचिवालयमा बिहिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नीति तथा कार्यक्रम जेठ १६ गते ल्याउने सहमति भएको हो ।

जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको आव ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठकमा सहभागी नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिङदोर्जे लामाले जानकारी दिनुभयो । त्यही दिन बस्ने दोसो बैठकमा मूख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबुल गर्ने र जेठ १७ गते छलफल हुने कार्यसूची तय भएको छ ।

जेठ १८ गते छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत हुने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?