पटना । बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । उक्त घटना दक्षिण बिहारको औरगंबाद र गया जिल्लामा भएको बताइएको छ ।
बिहार राज्यका मुख्यमन्त्री नितीशकुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि सुक्खा राज्यको रूपमा चर्चा गरिने गरिएको छ । तर, छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको छ ।
मदनपुर र सलैया प्रहरी चौकीका प्रहरीले फोनमा घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेको एक्किन संख्या भने बताउन अस्वीकार गरेका छन् ।
धेरैजसो पीडितहरूले बान्ता हुने, पेट दुख्ने र कम दृश्यताको अनुभव गरेको बताइएको छ । ‘छिमेकी राज्य झारखण्डबाट ल्याइएको मदिरा मदनपुर, सलैया र गया जिल्लाको आमस क्षेत्रमा बिक्री गरिएको,’ जी न्यूजले उल्लेख गरेको छ । यसैबीच भारतको राष्ट्रिय मानव अधिकार आयोगले बिहारमा भएको सो घटनाबारे सरकारलाई नोटिस पठाएको छ । एजेन्सी ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
प्राकृतिक चिकित्सामा-माटो चिकित्सा पद्धति
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल