पलको मुद्दा आगामी बिहीबार सुनुवाइ हुने

Read Time = 1 min

काठमाडौं । नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका अभिनेता पल शाहको मुद्दाको सुनुवाइ आगामी बिहीबार हुनेभएको छ ।

उच्च अदालत पोखरामा गत बिहीबार हुने भनिएको सुनुवाइ शाहकै वकिलले हटाएको अदालत स्रोतले जनाएको छ । नाबालिका बलात्कारको अभियोगमा शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिनुभएको थियो । नाबालिग र उहाँका बुबाले अदालतमा बयान फेर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?